नेपालगन्ज उपमहानगरपालिकाले भित्रायो ‘नगर बस’

नेपालगञ्ज उपमहानगरपालिकाले सात वटा नगर बस खरिद गरेको छ । अन्य स्थानीय तहसँग सोझो यातायात सम्बन्ध बढाउने नीति लिएको उपमहानगरपालिकाले आफै सञ्चालन गर्ने गरी बस खरिद गरेको हो । बुधवार कम्पनीले बसहरु उपमहानगरपालिकाको कार्यालय परिसरमा ल्याईदिएका छन् ।

उपमहानगरपालिकाले बस सञ्चालनका लागि महिलालाई प्राथमिकता दिने तयारी गरेको छ । त्यसका लागि जेठ महिनामा तालिम दिने काम सम्पन्न भइसकेको छ । उनीहरुलाई प्राथमिकतामा राखेर बस सञ्चालन गर्ने उपमहानगरपालिकाको तयारी छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, बस नेपालगञ्ज नगर क्षेत्रभित्रका अलावा खजुरा, कोहलपुर लगायतका ठाउँमा सञ्चालन हुने छ ।