बाँकेको सुरक्षाका लागि ११ बुँदे कार्ययोजना सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जिल्लाको एक बर्षे शान्ति सुरक्षाका लागि कार्ययोजना सार्वजनिक गरेका छन् । जिल्ला प्रहरी प्रमुखमा भर्खरै सरुवा भई आएका एसपी वलीले बुधवार पत्रकार सम्मेलन गरि कार्ययोजना सार्वजनिक गरेका हुन् ।

११ बुँदे कार्ययोजनामा जनतालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाई सबै प्रकारको भयत्रासबाट मुक्ती दिलाउने उल्लेख गरिएको छ । यसैगरी सेवामुखी, ब्यावसायिक, प्रभावकारी, पारदर्शी एवं उत्तरदायी प्रहरी सेवाको प्रत्याभूति दिने, सेवाग्राहीलाई छिटो, सरल र सहजरुपमा प्रहरी सेवा दिने, समुदायसँग सहकार्य, जनचेतनामुलक कार्यक्रम गर्ने, लागुऔषध रोकथाम र नियन्त्रण, फरार अभियुक्तको खोजतलाश र फैसला कार्यान्वयन, संगठित अपराध, गुण्डागर्दी, जुवातास नियन्त्रण, चोरी निकासी र पैठारी नियन्त्रण मानव अधिकारको संरक्षण र प्रवद्र्धन तथा सडक सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।

प्रहरी उपरीक्षक वलीले कानून कार्यान्वयनका लागि कुनै सौदाबाजी वा बार्गेनिङ्ग नहुने दावी गरे । आँशुसहित आउनेलाई न्याय दिएर हाँसोमा फर्काउने आफुहरुको प्रमुख काम रहने उनको भनाई छ ।
सदरलाईनबाट