होटल ब्यवसायी संघ बाँकेद्धारा ५० पिन्ट रगत संकलन

होटल ब्यवसायी संघ बाँकेले कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । असार २८ गते हुन गईरहेको तेस्रो अधिवेशन तथा चौथौं साधारणसभाको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिएको होटल ब्यवसायी संघ बाँकेका अध्यक्ष बलराम भट्टराईले जानकारी दिए ।

कोहलपुर नगरपालीकाको सभा हलमा आयोजना गरीएको रक्तदान कार्यक्रमको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उद्घाटन गरेका थिए । बुधबार बिहान ८ बजेदेखि दिनको २ बजेसम्म संचालन गरिएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको भट्टराईले बताए । उनले रक्तदान कार्यक्रममा सहभागी हुने सम्पूर्ण नगरवासीलाई धन्यवाद समेत दिएका छन ।