कोहलपुर नगरपालिकाले गर्यो वृक्षारोपण

कोहलपुर नगरपालिका वडा नं. ११ को चौराहा देखि दक्षिण चार लेन सडकको बिच भागमा रहेको ग्रिन बेल्टमा वृक्षारोपण गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले इन्द्रकमलको बिरुवा लगाएर वृक्षा रोपणको उद्घाटन गरेका हुन । सो स्थानमा प्रत्येक ५ मिटरको दुरीमा मुसुन्डा, इन्द्रकमल, क्रोटन लगायत प्रजातीका विरुवाहरु रोपण गरिएको छ ।
कोहलपुर नगरपालिकालाई हरित नगरपालिका बनाउने उद्धेश्यले यो वर्ष एक हजार बिरुवा लगाउने नगर प्रमुख रावतले बताए । मंगलबार बिहान गरिएको बृक्षारोपण कार्यक्रममा नगरप्रमुख सहित नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, उद्योग वाणिज्य संघ प्रदेश नं. ५ का सदस्य नरेन्द्र पौडेल, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक भद्र थापा, कोहलपुर नगरपालिकाका प्रेस सल्लाहाकार भिम रावत, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका श्रमिक लगायतको सहभागिता रहेको थियो । वृक्षारोपण कार्यक्रममा मंगलबार मात्र करिब ५० भन्दा बढि बिरुवाहरु लागाइएको र यो कार्यक्रम निरन्तर जारी रहने कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भीम रावतले जानकारी गराए ।