नेपाली चेलीले जितिन् ‘मिस टिन भारत’ को उपाधि

अमन गान्धि फिल्म प्रोडक्सनद्वारा भारतको नयाँ दिल्लीमा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस टिन भारत २०१९’ को उपाधि नेपाली चेली निकिता थापा मगरले चुमेकी छन् ।

भारतको विभिन्न प्रान्तबाट अनलाईन अडिसनबाट प्रतियोगी छनौट गरी दिल्लीको करोलबाघ मेट्रो भ्यू होटलमा कार्यक्रमको आयोजना गरिएको थियो । निकिताले भारतको सिलिगुडीबाट अडिसन दिएकी थिइन् ।

भारत भरीबाट छनौट भएर आएका २९ प्रतियोगीहरुलाई पछि पादै निकिताले ‘मिस टिन भारत २०१९’ को उपाधि हात पारेकी हुन । निकिता झापाको मेचीनगर–६ काकरभिट्टाकी स्थाइ बासिन्दा हुन । उनी काँकरभिट्टा उच्च मा.वि. कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत छिन् ।