वर्षाका कारण उपमेयर कपको फाईनल खेल प्रभावित

शनिबार हुने भनिएको उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिताको फाईनल खेल रद्ध गरिएको छ । वर्षाका कारण खेल रद्ध गर्नुपरेको प्रतियोगिता संयोजक लेख बहादुर क्षेत्रीले जानकारी दिए ।
बाँकेको कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा संचालन गरिएको प्रतियोगितामा समुह विजेता हुँदै जनज्योती मा.वि. कोहलपुर र साईनिङ स्टार फाईनलमा प्रवेश गरेका थिए । उपाधिकालागि आज दिनको ३ बजेबाट संचालन गर्ने तयारी गरिएको फाईनल खेल वर्षाका कारण प्रभावित भएको हो । आज स्थगित गरिएको फाईनल खेल भोली संचालन गरिने भएको छ ।
गत वर्षदेखि सुरु भएको उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिताको यो दोस्रो संकरण हो । प्रतियोगिताको बिजेताले रु. २१ हजार र ट्रफी प्राप्त गर्ने छ भने उपविजेतालाई रु. ११ हजारसहित ट्रफी प्रदान गरिने प्रतियोगिताको ब्यवस्थापन पक्ष हेरिरहेको मध्यपश्चिम क्रिकेट क्लवका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।