प्रकाश ! तिमी हिलोमा फुलेको कमल थियौ

प्रकाश तिमिले हामीलाई छोडेर गएको पनि आज एक वर्ष बितिसके छ । यो बीचमा छ वटा ऋतुहरु सकिए । सिङ्गो हिउँद र वर्षातहरु बिते । १२ महिनाले पालो र्फेयो । मैले भने अझै मनलाई कन्भिन्स गर्नै सकेकी छैन तिमी यो संसारमा छैनौ भनेर ।

प्रकाश ! हाम्रो प्रेमको चिनोले बुवा भन्छ, तिम्रो तस्वीरलाई म्वाइँ खान्छ, अनि मलाई पटकपटक रुवाउँछ !’ प्रकाश तिमी हिलोमा फुलेको कमल थियौ । हिलोमा फुलेको सुन्दर कमलको फूललाई दुनियाँले टिपेर हातमा खेलाउने चाहना राख्छन । टिप्न नसकेपछि ढुङ्गाले हानेर धुजाधुजा पार्न खोज्छन, तिमी थियौ त्यस्तै ।

नेतृत्वलाई सिध्याउन गरिएका लाखौं प्रयासहरु तिमीमा केन्द्रित हुन्थे । आम मान्छेजस्तै तिमी पनि सामान्य मान्छे त थियौ । कसैको छोरा, कसैको भाइ, कसैको साथी, कसैको प्रेमी । तिमीमा पनि मानवीय गुणहरु थिए । मानवीय कमजोरीहरु पनि थिए । इच्छा, आकांक्षा र रहरहरु पनि थिए नै ।

यी सारा सम्बन्धहरुलाई तिमीले जसरी व्यवस्थापन गर्नुपर्ने हो, त्यसरी व्यवस्थापन गर्ने कौशल पुगेन होला । तर, तिमी मेरालागि भने प्रिय थियौ । मेरा लागि मात्र होइन, परिवार, समाज, देशका लागिसमेत प्रिय थियौ । किनकि, तिमीमा सबैभन्दा ठूलो सदगुण थियो सरलता, जनसम्पर्कलाई जीवन्त राख्ने चुस्त व्यवस्थापन, कुनै न कुनै माध्यमबाट आम जनतामा पुग्नसक्ने अदभुत क्षमता ।

प्रकाश तिमिले हामीलाई छोडेर गएको पनि आज एक वर्ष बितिसकेछ । यो बीचमा छ वटा ऋतुहरु सकिए । सिङ्गो हिउँद र वर्षातहरु बिते । १२ महिनाले पालो र्फेयो । मैले भने अझै मनलाई कन्भिन्स गर्नै सकेकी छैन तिमी यो संसारमा छैनौ भनेर ।

अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुवा भन्न सक्छ । तिमीलाई थाहा छ, सिरानीको तस्वीर देखाउँदै ‘बावुको बुवा’ भन्छ । अनि, तिम्रो तस्वीरलाई म्वाइँ खान्छ । तिम्रो प्यारो छोरा प्रणवले मलाई पटकपटक रुवाउँछ यसरी ।

(खानेपानीमन्त्री बीना मगरले स्व. पति प्रकाश दाहालको स्मृतिमा प्रकाशित स्मारिकामा लेखेको संस्मरण ।)