कृषि मन्त्रीले यसरी रोपिन धान (फोटो फिचर)

आज असार १५ अर्थात मानो रोपेर मुरी फलाउने प्रमुख दिन । किसानहरु आज खेतमा व्यापक रमाइलोका साथ धान रोप्ने गर्दछन् । देशका विभिन्न भू–भागमा रोपाइँको चटारो बढेको छ ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १३ खड्कवारमा १६ औं धान दिवस प्रदेश नं. ५ भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आधुनिक ट्र्याक्टरबाट धान रोपेर असार १५ अर्थात धान दिवसको सुरुवात गरिन । उनी सङ्गै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, वडा नम्बर १३ का वडा अध्यक्ष लगाएतले पनि ट्र्याक्टरबाट धान रोपे ।

बाँकेमा पछिल्लो समय कृषिमा आधुनिक प्रबिधिबाट धान रोपाई गर्ने गरिएको छ । बाँकेमा प्रसस्त मात्रामा सिंचाई सुबिधा नभएका कारण कृषकहरु आकासे पानीको भरमा रोपाई गर्ने गरेका छन ।

(फोटो फिचर):