२३ महिलासँग मेस्सीको यौन सम्बन्ध !

विश्व चर्चित फुटबलर लियोनल मेस्सी सबैले चिन्छन् । अर्जेन्टिनाका राष्ट्रिय खेलाडी मेस्सीको चर्चा विश्वभर छ । सधै‌ं खेलका कारण चर्चामा आउने मेस्सी यो पटक भने खेलका कारण नभई धोकाधडीको मुद्दाका कारण चर्चामा छन् । तर यो आरोप उनलाई नभएर उनीजस्तै देखिने एक व्यक्तिलाई लागेको हो ।

ईरानका एक व्यक्ति ‘रेजा पारास्तेश’लाई मेस्सीको जस्तै अनुहार भएको फाइदा उठाउँदै २३ महिलासँग शारीरिक सम्बन्ध बनाएको आरोप लागेको छ । यद्यपि रेजाले भने यो आरोपको खण्डन गर्दै आफू निर्दोष भएको दाबी गरेका छन् । मेस्सीको अनुहारसँग मिल्ने रेजालाई लागेको आरोप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भाइरल बनेपछि एक अन्तर्वार्ता दिएका रेजाले आरोपको खण्डन गरेका हुन् । उनले यो खबरले आफ्नो परिवारमा असर परेको बताए । ‘यो विषयलाई लिएर मेरो परिवारलाई पनि नचाहिँदो आरोप लगाइरहेका छन्,’ रेजाले भने, ‘यस्तो काम बन्द गरियोस् ।’

तेहरानमा बस्ने २६ वर्षीय रेजा पारास्तेश पेशाले मोडल हुन् । बुवाको आग्रहमा बार्सिलोनाको टिसर्ट लगाएर फोटो खिच्दै सामाजिक सञ्जालमा राखेपछि उनी ईरानमा मात्र नभएर विश्वभर चर्चित बने । आफूलाई लागेको धोकाधडीको आरोप बारे रेजाले आफ्नो इंस्टाग्राममा एक भिडियो राखेर निर्दोष दाबी गरेका छन् ।