ओलम्पियन ‘सुरेन्द्र हमाल’ (संक्षिप्त जिवनी)

खेल जगतमा ओलम्पियन र राजनीतिक जगतमा नेपालगन्ज नगरपालिकाका पहिला उप-मेयर र प्रदेश सभा सदस्य समेत रहेका सुरेन्द्र हमाल राजनीति र खेल जगतबाट चर्चित व्यक्तित्व मध्यका एक हुन ।

सन् १९८४ मा अमेरिकाको लस एञ्जल्समा सम्पन्न विश्व खेलकुदको कुम्भ ओलम्पिकको २३औं संस्करणमा नेपालगन्जका सुरेन्द्र हमालले नेपालको प्रतिनिधि गरेका थिए । यस्तै हमालले सन् १९८३ मा सिरियामा भएको एशियन भारोत्तोलन च्याम्पियनसिपमा कास्य पदक जितेको थिए । यो नै नेपाली भारोत्तोलनको ठुलो पदक हो ।

त्यस्तै दक्षिण एशियाली खेलकुद सागको पहिलो र दोस्रो संस्करणमा रजत पदकधारी हमालले सागका आधा दर्जन बढी पदक हात पारेका छन् । त्यस्तै हमाल बिस २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना पश्चात भएको पहिलो स्थानीय निर्वाचनबाट नेपालगन्ज नगरपालिकामा उपमेयर निर्वा्चित भएका थिए ।

नेपालगन्जको घरबारीटोलमा २०१९ सालमा जन्मिएका हमाल नेपाली काँग्रेसका सभापति स्वर्गिय रणेन्द्र हमाल ९भाईराजा० का राईलो भाई हुन् । उनी १३ वर्षको कलिलो उमेर मै खेलकुद क्षेत्रमा प्रवेश गरे, खेलकुदसँगै बिद्यार्थी राजनीतिमा पनि होमिए ।

खेलकुदमा संघर्ष गर्दाको परिणाम स्वरुप २०३२ सालमा पहिलो पटक टेवुल टेनिस प्रतियोगितामा सहभागिता जनाए । २०३३ सालमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेल्ने अवसर हमालले पाए । उनको टोली २०३५ मा टेवुल टेनिस टिम इभेन्टमा तेस्रो, क्रिकेटतर्फ २०३७ सालमा पहिलो भयो ।

त्यसपछि हमालको ध्यान भारत्तोलन खेलतर्फ मोडियो । प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता (२०३८) मा पहिलो, दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता (२०४०) मा पहिलो, धनगढीमा आयोजित प्रथम स्ट्रङगेष्टम्यान (२०४१) मा वेष्ट लिफ्टर भए ।

सिरियाको दमस्कसमा आयोजित ३५ औं एशियन च्याम्पियनसिप (२०४१) मा स्नेचतर्फ तेस्रो, प्रथम दक्षिण एशियाली खेलकुदमा दोस्रो, दोस्रो दक्षिण एशियाली खेलकुदमा दोस्रो, चौथो दक्षिण एशियाली खेलकुदमा तेस्रो, पाँचौं दक्षिण एशियाली खेलकुदमा तेस्रो भएका थिए ।

हमालले २०४५ देखि २०४७ मा दाङ र नेपालगन्जमा आयोजित भारत्तोलनको राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गरेका थिए । यसका साथै भारतको दिल्लीमा आयोजित एशियन खेलकुद (सन् १९८२), लास्एन्जेल्स ओलम्पिक(सन् १९८४) र एशियन गेम बेजिङ (सन् १९९०) मा उनले पोजिसनको लागि डिप्लोमा उपाधी पाएका थिए ।

ओलम्पियन हमाल यस्तो व्यक्तित्व हुन्, जसले नेपालकै पहिलो खेलाडीका रुपमा आफ्नो जीवनमा आधारित आत्मकथा लेख्न सफल भएका छन् । उनले आफ्नो रगत र पसिना बगेको नेपालगन्जलाई छाडेर कतै गएनन् । राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष जस्तो उच्च पदमा नियुक्त भएपनि उनी प्रायः नेपालगन्जमै बसेर काम गरे । यहाँका खेलकुदको पुर्वाधार जोड्न आवश्यक पर्ने बजेट राखेपबाट ल्याउन सफल भए । बाँके, प्रदेश सभा-२ ‘ख’ मा नेपाली काँग्रेसले टिकट दिएपछि राखेपको कोषाध्यक्ष जस्तो पदबाट राजिनामा दिएर उनी चुनावमा होमिएका थिए र बिजयी पनि भए ।

आज बिश्व ओलम्पिक दिवसको अवसरमा नेपालगन्जका सान ओलम्पियन सुरेन्द्र हमालप्रती सम्मान ब्यक्त गर्दै सम्पुर्णमा बिश्व ओलम्पिक दिवसको शुभकामना ब्यक्त गर्दछौं ।

#@nepalgunjGallery