लोकतन्त्रमा किन बढेको छ बलात्कार ?

नेपालको कुल क्षेत्रफल १४७१८१ बर्ग किलोमिटर छ । हिमाल, पहाड, तराइको भु-भागले सिर्जित छ । पुर्व मेचिदेखि पश्चिम माहाकालीसम्म भारतको नक्सामा चढेको देश हो नेपाल । यहां विभिन्न मनोरम दृश्यहरु छन् । हिमाल हांसेको छ, पहाड मुस्कराएको छ । तराइले दुबैलाई आफनो हत्केलाका औला जस्तै गरी अड्याइएको छ । यहां विभिन्न धर्म, जाती, भाषा, पेशाको मानिसहरु बिच धार्मिक एवं जातीय सहिष्णता सहित मिलेर बसेको समाज छ । प्राकृतिक मनोरम हरियाली दृश्यले देश अंग्रेजले सांघुरो बनाए र हत्केलाको आकारमा लुकाई दिए ।

भनिन्छ ‘बिहानी नभए दिवा हुदैन, जब दिवा छैन भने रातीको परिकल्पना गर्न सकिदैन’ भने जस्तै नेपालको हिजोको परिकल्पना आज के भो र भोली के होला ? जब पृथ्वीनारायण शाहले बाइसे र चौवीसे राज्यलाई एकिकरण गरी सिंगो नेपाल बनाए । भक्ति थापा, भिमसेन थापा, बलभद्र कुंवर जस्ता महान रक्षार्थक नेपालीबाट देशको सिमा चौडा भएको थियो । वि.स. १९०३ मा राणा शासन अन्मियो देश अग्रगतिमा हैन सुस्त गतिमा लाग्यो ।

वि.स. २००७ सालमा आएको प्रजातन्त्र २०१५ सालमा वि.पी. कोइरालाको नेतृत्वमा जन निर्वाचित सरकार गठन भयो । राजा महेन्द्रले २०१७ सालमा त्यसलाई कु. गरी निमिट्यान्न बनाए । २०३६ सालको जनमत संग्रहमा पंचायती व्यवस्थालाई निरन्तरता दिए । सचेत नेपालका राजनीतिक दल र सरल एवं मिलनसार राजा विरेन्द्र विचको आपसी समझदारीमा २०४६ मा बहुदलीय व्यवस्थाको घोषणा गरी नेपालको संविधान २०४७ लागु गरीएको थियो ।

२०४८ सालमा आम निर्वाचन,२०४९ सालमा स्थानिय निर्वाचन,२०५१ मध्यावधी निर्वाचन पश्चात् २०५२ सालमा डा।बाबराम भट्टराईले सरकारसंग चालिस सुत्रिय माग राखी एकाएक जनयद्धको घोषणा, २०५४ सालमा स्थानीय निर्वाचन,२०५६ सालमा आम निर्वाचन पश्चात् २०५८ सालमा राजा विरेन्द्रको बंशनाश हुने गरी घटना घटेको थियो । तत्कालीन माओवादी र सरकार वीच बिस्तृत शान्ति सम्झौता गर्नु अघी राजा ज्ञानेन्द्रले दलहरुमा प्रतिवन्ध लगाई राज्य सत्ता हातमा लियो ।

१९ दिन सम्म जनआन्दोन दुई २०६२/०६३ भएपछि ज्ञानेन्द्रले सत्ता फिर्ता गरेका थिए । माओवादी र सरकार वीच बिस्तृत शान्ति सम्झौता भयो जसले अन्तरीम संविधान २०६३ जारी गर्दै २०६४ सालमा संविधान सभाको पहिलो निर्वाचन सम्पन्न गरेका थिए ।

यो संविधान सभाले संविधान दिन सकेन र २०६९ सालमा विघटन भयो पून: २०७० वि.स. सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनले २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ प्रमाणिकरण गरेको हो । जसबाट नेपाललाई सात प्रदेशमा विभाजन गरियो । यो २०७४ सालको स्थानीय, प्रादेशिक तथा संघिय निर्वाचनले बैधानिकता प्रदान गरेको सर्वविदित छ ।

लोकतन्त्र र बलत्कार के हो ?

लोकतन्त्रलाई लोक+तन्त्र गरी छुट्याईन्छ । लोकको अर्थ मानिस जनता र तन्त्रको अर्थ शासन भन्ने हुन्छ । जसलाई भनिन्छ जनताद्धारा जनताकालागी जनताले नै शासन सत्ता संचालन गर्ने पद्धती, संस्कार एवं सरकारलाई लोकतन्त्र भनिन्छ यो लोकतन्त्रको शाब्दिक अर्थ हो । बलत्कार यसलाई बलंअत्कार भनि छट्याईन्छ । जहां बल भनेको जबरजस्ती र बलत्कार भनेको संभोग भन्ने हुन्छ । कनै पनि नारी वा स्त्रीलाई उमेरको ख्याल नगरी बलजफती जबरजस्ती संभोग वा सेक्स गर्ने प्रक्रियालाई बलत्कार भनिन्छ । यो बलत्कारको शाब्दिक अर्थ मात्र हो ।

जनताद्धारा निर्वाचित जनप्रतिनीधीले राज्यको बागडोर समालेर राज्यसत्ता संचालन गर्दा आम देशवासीले आफूहरु सुरक्षित भएको महसुस गर्नु पर्दछ । गाउँ देखि शहरसम्म, हिमालदेखि तराईसम्म, पूर्व देखि पश्चिमसम्मका नेपालीले सडक, बत्ती, बाटोघाटो, स्वास्थ्य सुविधा तथा रोजगारीका अवसरहरुको आकांक्षा राखेका हुन्छन् ।
नेपालमा हाल दुई तिहाईको सरकार छ । तर विडम्बना हो वा दैव संयोग भनौ कंचनपुरकी तेह्र वर्षिया अवोध बालीकाले राखेको अपेक्षा पनि त्यहि थियो । उनि बलत्कृत भई हत्या समेत हुन पुगीन् । १२ महिना पुग्न लाग्दा पनि त्यो परिवार, त्यो आमा र बाबाले हालसम्म न्याय पाएका छैनन् । आरोपी र हत्यारा को हो ? किन पत्ता लागेन के लोकतन्त्र यहि हो ।

यो त एउटा प्रतिनीधी पात्र हो । प्रिन्सिपलबाट विद्यालयमा अध्ययन गर्ने बालीका बलत्कृत तथा यौनको शिकार रहनु, एउटा हजुरबुबाबाट आफ्नेै सहोदर नातीनी पटक पटक बलत्कार हुन के लोकतन्त्र हो । एउटा छोराबाट बुढी आमा बलत्कृत हुनु, एउटा काकाबाट भतिजी, मामाबाट भान्जी, एउटा दाजुबाट बहीनी बलत्कृत हुनु, छिमेकीबाट छिमेकीका छोरीहरु किन बलत्कार भइरहेका छन् साधुसन्त, महाजन एवम् गुरुबाट शिष्य, डाँक्टरबाट विरामी प्यासेन्ट पनि यसका सिकार भय किन ? के लोकतन्त्रको परिभाषा, लोकतन्त्र हुनुको फाईदा यहि हो । नेपाली जनताले यहि सोचेर लोकतत्त्रको पक्षमा मतदान गरेका हुन् ।

वर्तमान सरकारले जनमतको कदर गरेको यहि हो । के द्धन्दकालमा सत्रहजार भन्दा बढि मानिसहरुले गरेको बलीदान यसकै लागी हो ? के दशौ हजार अपाङ्ग तथा वेपत्ताको आवाज यहि हो ? के गरीब नेपालीहरुले २००७, २०१७, २०३६, २०४६ र २०६२/०६३ लगायत नेपालको संविधान २०७२ पछिको पटक-पटकको आन्दोलन यसैका लागी गरीएको थियो । नेपाली जनताले हत्या, आतकं, बलत्कारको शिकार हुनाले लोकतन्त्रलाई पादुरभाव गरेका छन् । नेपाली जनताले २०७२ मा लोकतान्त्रिक संविधान पाए, गाउँगाउँमा अधिकार पाएको यहि हो ।

स्थानीय सरकारले कर बढाई जनताको सेवा गर्ने प्रतिपद्धता गरी निर्वाचित हुदा करको दोहोरो प्रणालीको मारमा परेको लोकतन्त्र हो । के निर्मला पन्त जस्ता असाहय तथा निमुखा अवोध नारीको हत्या गर्नलाई हो । उनका आमाबाबाले नेपालको राज्य सत्ताको बागडोर समालेका व्यक्तित्व सगं भेट गरी गुनासा राख्दापनि किन उदासीन देखियो लोकतन्त्र, गणतन्त्र र दुई तिहाई सरकार ।

वर्तमान सरकारले ल्याएको बजेटले सायद सुखी नेपाली समृद्भ नेपालको परिकल्पना पूरा हुने देखिदैन। किनकि प्रत्येक नेपाली जन्मने वितिकै ४६ हजार बिदेशी ऋणदातामा होमिनु पर्ने देखिन्छ । सायद वर्तमानमा प्रतिपक्षी द्लको भुमिका पछिल्लो समयमा केही सक्रिय रहे पनि सोचेजस्तो देखिदैन ।

एकातिर नेपालको संविधान २०७२ ले कुनै पनि नेपालीलाई स्वतन्त्रताको हक, राजनीतिक द्ल खोल्ने हक, बोल्न पाउने, अधिकार माग्न पाउने, रोजगार प्राप्त गर्ने हक सुनिश्चित गरेको छ तर एकथरी पाटिलाई प्रतिबन्ध लगायको छ, किन ? के नेपाली जनताले लोकतान्त्रिक प्रणाली अपनाएको कारण यहि हो।

तराईमा केहि समुदायले दाइजोको नाममा घरेलु हिसां सहित ज्यान गुमाउनु परेको छ । गरिब समुदायका नारीहरु आम्दानी गर्ने लोभ लालचमा बम्बईको कोठीमा बेचिनु परेको तिथो यथार्थता छ । लोकतन्त्रले मागेको नेपाल यही हो ? वर्तमान सरकारको ध्यान कता छ ? राज्य समयन्त्र चुस्त दुरुस्त तयार गरी यस्ता गतिविधि तत्काल रोक्न अति आवश्यक छ ।

सरकारले भ्रष्टाचार उन्मुलन गर्न खोजेको देखिदैन किनभने ३३ के जि सुनकान्ड, बालुवाटार जग्गा प्रकरण, वाइडवडी कान्ड के भयो किन हरायो रु हजारौं नेपाली कोरिया जान, जापान जान विदेशको भुमिमा काम गर्न जानुपर्ने बाध्यता किन भयो लोकतान्त्रिक प्रणालीमा ।

के नेपाली जनताले यसैको लागि हो ? एउटा सचेत नागरिकका हैसियतले कुरा गर्दा त वर्तमानमा नेपाली जनताले सुख शान्ती समरिदी प्राप्त गर्नु पर्ने हो, एकघर एक रोजगार प्राप्त गर्नु पर्ने हो । बाटो घाटो पुल पुलेशा पिउने पानी लगायत आधारभुत आवश्यकता पूरा गर्नु पर्ने हो । किन पाउन नसक्ने अवस्था छ ? हामी नेपालिले के सदा जसो आन्दोलनमा होमिनु पर्ने हो ?

वर्तमान सरकारले माबिसम्म निशुल्क शिक्षा र आधारभुतसम्म रंगिन किताबको अबधारण ल्यायो, जेस्ठ नागरिकको लागि भत्ता बढायो, कर्मचारीको तलब बढायो जेस्ठ नागरिकको लागि निशुल्क स्वास्थ विमाको नीति ल्यायो यो सराहनिय काम हो।

तर दन्दका नाममा आम सोझा सिधा नेपालीले दुख नपाउन सरकारलाई शुभकामना छ । लोकसेवा आयोग जस्तो बिसुद्भ संस्थाले कयौं वर्षको आफ्नो छवि अहिले किन बिगारी रहेको छ । यसको मुल कारण केहो किन खोलेको बिज्ञापन फेरि रद्द गर्ने अबस्थामा पुगेको हल्ला छ । किन हुदैछ लोकतन्त्रमा यो रु वास्तविक रूपमा भन्ने हो भने अहिले देशमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार छ सिंहदरवारको अधिकार गाउँ गाउँमा भनेको यहि रहेछ । हत्या, आतङ्क, लुटपाट, भय, बेरोजगार, त्रास जनप्रतिनिधिको बाहुल्यता र सबै अधिकार सानो सिफारिसमा दुख पाउनुपर्ने भयो नेपालीले किन हो ?

६ वर्षिया बालक देखि ८० वर्षिय बृद्ध आमाहरु समेत सुरक्षित हुदैनन् । छरछिमेकमा,समुदायमा,नातागोतामा सुरक्षित नहुनु लोकतन्त्रको दुष्प्रयास हो । सरकारले आमनेपाली जनतालाई उत्तर दिनुपर्छ । जनप्रतिनीधीहरु तलबे भएर सत्तामा बसेकाहरुमा दम्भ भयो प्रतिपक्षमा बसेकाहरु लम्पसार भए । न सत्ताको विरोध छ न आफनो नयाँ विचार, सिद्धान्तर भीजन छ ।

कोहि अझैपनी फेरी नयाँ क्रान्तिको कुरा गर्दछन् । कोहि समृद्ध नेपाल सुखी नेपालीको चाहना पूरा गर्ने दिवा स्वप्न देखेका छन् । सत्ताबाहिरकाहरु झलझल्ती सत्ताको मोहको झझल्को पाईरहेका छन् तर गरिब निमुखा, सोझा अन्धकारको झ्याल ढोकामा फसेका नेपाली नारी, घरेलु हिसां, महिला हिसां देखि बलत्कृत भएर हत्या हुने गरेको तितो यथार्थता लोकतन्त्रले प्रदान गरेको हो वा सरकारको लाचारपन नेपाली जनताले बुझनु परेको छ हिजो संविधान सभाको सभामुख, सर्वोच्च अदालतको प्रधानान्याधिस एवम् राष्टपति समेत महिला नपाएको हैन । लोकतन्त्रले त्यसवेलापनि बलत्कारका घटनानआएका हैनन् ।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सकिएन । नेपाली इतिहासमा यो कालो धब्बा भएर लोकतन्त्र आएको होला त ? निर्मला पन्तको बलत्कार गरी हत्या गर्दा प्रमाणहरु नष्ट पार्दा पनि त राष्ट्रपती नारी नै छन् खै त यो कुरामा ध्यान गएको । खै नयाँ क्रान्ति गरी नयाँ राज्यसत्ताको परिकल्पना गरेका दलहरु किन मौन छन् ?

किन मौन छ सदाझै राज्यसत्तामा बसेर पहिलो पटक विशुद्ध प्रतिपक्षमा रहेको पाटी र त्यसका कार्यकर्ताको आवाज खै दुइतिहाईको घमण्डले सबैलाई मिचेर जाने र विदेशी भूमिमा लम्पसार पर्नेहरु लोकतन्त्रको परिकल्पनाले यहि मायाँको चिनो प्रदान गरेको हो । घरघरमा ग्याँसपाईप जोड्ने, रेलमार्ग आउने, पानी जहाज चल्ने, हावाबाट विजुली उत्पादन हुन नसकेर मृत्यको संघारमा पुगेका छन् ।

तराईमा केहि समुदायले दाइजोको नाममा घरेलु हिसां सहित ज्यान गुमाउनु परेको छ । गरिब समुदायका नारीहरु आम्दानी गर्ने लोभ लालचमा बम्बईको कोठीमा बेचिनु परेको तिथो यथार्थता छ । लोकतन्त्रले मागेको नेपाल यही हो ? वर्तमान सरकारको ध्यान कता छ ? राज्य समयन्त्र चुस्त दुरुस्त तयार गरी यस्ता गतिविधि तत्काल रोक्न अति आवश्यक छ ।

लोकतन्त्रको परिभाषालाई शाब्दिक मात्र हैन व्यापक अर्थ वुझ्न आवश्यक छ । राज्यसत्ताको मोह भन्दा अवलानारीको आवाज तथा आवाजको सुरक्षा दिनु आवश्यक छ । गरीब नेपालीलाई कर हैन रहर पुरा गर्न आवश्यक छ । भ्रष्टचार मुक्त नेपाल बनाउन आवश्यक छ । कुनै पनि सरकारी काम चुस्त दुरुस्त बनाई नेपाली जनताको मन जित्न आवश्यक छ । २०७५ सालमा देखा परेको बलत्कारका घटनामा दोषिलाई आजिवन काराबास जन्मकैद की मृत्यदण्ड दिने कानुन बनाउनु आवश्यक छ ।

एक घर एक रोजगार, सुखी नेपाली समृद्ध नेपाल,विश्वकोे लोभलाग्दो नेपाल बनाउनु आवश्यक छ । सक्षम तथा सबल,योग्य तथा क्षमतावान् व्यक्तिको कदर गर्ने जेष्ठ नागरीकको आदर तथा सम्मान गर्ने, महिलालाई लक्ष्मी र लक्ष्मी विना घर समाज तथा सृष्टि चल्न नसक्ने र यीनीहरुको सम्मान तथा कदर गर्नु पर्ने आवश्यक छ ।

कुनै न कुनै बहानामा पिरोलीन पर्ने वातावरणलाई न्युनिकरण गर्नु आवश्यक छ अनि मात्र लोकतन्त्रको सफलता, गणतन्त्रको लक्ष्य एवं दुइ तिहाईको स्थायीत्व देखापर्दछ । आम नेपाली जनताले यहि कुराको अपेक्षा राखेका छन् । यहि कुराको वकालत राज्यको चौथो अगं प्रेस जगतको छ । वर्तमान एकाइसौ शताब्दिको परिकल्पना यसरी गर्न सकिन्छ । अस्तु ।