शौचालयको छत भत्कदाँ तीन वालिकाको मृत्यु

दार्चुलाको नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको छाना भत्किँदा तीन बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ । साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका करिब ८र९ वर्षीय तीन बालिका छाना भत्किँदा पुरिएका हुन् । सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा शव निकालिएको छ ।