प्रदेश ५ मा झोले आयुर्वेद व्यापार रोकिने

प्रदेश नम्बर ५ का जिल्लामा गैरकानुनी र खुलेआम संचालन भएका झोले आयुर्वेद बैद्यलाई कानुनी कारवाहीमा ल्याईने भएको छ । व्यापारीक र मुनाफाका लागि अवैध बैद्यका कारण आयुर्वेद उपचार पद्धती बद्नाम भएको र मानवीय स्वास्थ्यमा खेलवाड भएको भन्दै कानुनी उपचार थालिने गरिने भएको हो ।
मंगलमार प्रदेश ५ को अर्घाखाची जिल्लाको सन्धिखर्कमा आयोजित आयुर्वेद सम्बन्धि अभिमुखीकरण कार्यक्रममा सरोकार निकायले झोले आयुर्वेद बैद्य र व्यापारीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रदेश ५ स्वास्थ्य निर्देशनायका कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. बुद्धिप्रसाद पौडेलले झोले आयुर्वेद व्यापारी र अवैध बैद्यका कारण आयुर्वेद उपचार पद्धति बद्नाम भएको बताए । पैसा कमाउन र व्यवसायीक रुपमा सडक, बाटो र घरघरमा गएर आयुर्वेद औषधी विक्रि गर्नेलाई स्थानीय प्रशासन, प्रहरी र स्थानीय निकायले कारवाही गर्नुपर्ने उनको तर्क थियो । झोले बैद्यलाई कारवाहीका लागि प्रदेश ५ र स्वास्थ्य निर्देशनालयबाट स्थानीय प्रशासनसँग समन्व्य र सहकार्य थालिएको पौडेलले जानकारी दिए ।
प्रदेश ५ का १२ जिल्लाका शहरदेखि ग्रामिण तहसम्म अवैध झोले आयुर्वेदिक व्यापारी र बैद्य रहेको बताउँदै कार्यक्रमका सहभागीह्रुले यस्तो व्यापारले सर्वसाधरण ठगीमात्र नभई मानवीय स्वास्थ्यमा समेत खेलवाड गरेको बताए । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अर्जुनराज शर्माले झोले व्यापारीका कारण आयुर्वेद औषधी सेवन गरेर थप जटिल रोग बोकेर अस्पताल आउने बिरामीको सँख्या बढेको बताए । जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले सडक, बाटो र घरघरमा पुग्ने झोले व्यापारी र बैद्यहरुमाथी कारवाही थाल्नुपर्ने माग समेत गरे । झोले बैद्य व्यापारी बढे यसले जटिल रोगीहरु बढ्नेतर्फ संकते गर्दै उनले प्रहरी प्रशासन र स्थानीय तहले समेत कडाई थाल्नुपर्ने बताए ।
प्रदेश ५ का १२ जिल्लाका १०९ स्थानीय तहमध्ये अहिले ४५ स्थानीय तहमामात्र सरकारी निकायबाट निशूल्क सेवा प्रदान गर्ने आयुर्वेद स्वास्थ्य केन्द्र संचालनमा रहेका छन् । बाँकी ४५ स्थानीय तह अहिले आयुर्वेद स्वास्थ्य केन्द्रविहिन रहेका छन् ।