सरसफाईकालागी निःशुल्क डस्विन वितरण

काठमाण्डौ उपत्यकालाई लक्षीत गरि सरसफाइ अभियान सुरु गरिएकोे छ । भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लब अफ रुद्रमतीको सयुंक्त आयोजनामा सुरु गरिएको सरसफाई अभियानमा निशुल्क डस्विन समेत वितरण गरिएको छ । बाटो हिडुने बटुवाहरुकालागि सुर्ति, चुरोट, चाउचाउ, बिस्कुट लगायतका प्लास्टीकजन्य सामग्रीहरु फाल्नकालागी डस्विन वितरण गरिएको आयोजकले जनाएको छ ।
काठमाण्डौं उपत्यका अन्तर्गत रिङरोडलाई लक्षीत गरि संचालन गरिएको सरसफाई अभियानमा वातावरण सफा स्वच्छ राख्नकालागी प्लास्टीकजन्य नकुहिने बस्तुहरुको उचित व्यवस्थापनकालागी आग्रह गरिएको थियो ।
‘जथाभावी फोहर नफालौ सभ्य बनौ’ भने मुल नाराकासाथ रिङरोड एरियामा पर्ने कलंकीका स्थानीय बासिन्दा, प्रहरी, रोट्रयाक्स क्लब अफ रुद्रमतीका यूवाहरुको सहभागिता रहेको थियो ।

काठमाण्डौ उपत्यकालाई फोहर रहित बनाउने उद्धेश्यले ५ सय डस्विन निशुल्क वितरण गरिने अभियान आयोजक श्रीराम टोबाको र करेन्ट पान मसालाका बाग्मती अञ्चलका जेनेरल सेल्स म्यानेजर अनुपभद्र खनालले जानकारी दिए । उनले आगामी दिनमा समेत काठमाण्डौ उपत्यकालाई स्वच्छ राख्न अन्य योजनाहरु संचालन गरिने बताए ।