हावाहुरीले नेकपा नेता न्यौपानेले संचालन गरेको फर्म भत्कायो

बिहिबार आएको वर्षा सहितको हावाहुरीले कोहलपुर नगरपालिका वडा नं. ६ मा रहेको कृषि फर्ममा क्षती पुर्याएको छ । नेकपाका युवा नेता नरेन्द्र न्यौपानेले संचालन गर्दै आएको न्यु बागेश्वरी कृषि फर्मको २ वटा खोर हावाहुरीले भत्काएको छ ।
तिब्र गतीमा आएको हावाहुरीले खोर भत्काउँदा ६ लाख बढि क्षती भएको र फर्ममा रहेका १ हजार ५० वटा चल्ला मरेको फर्म संचालक न्यौपानेले जानकारी दिए ।