फ्रान्समा नेपाली साहित्यिक मञ्च गठन

फ्रान्समा बसोबास गरिरहेका साहित्यप्रेमी नेपालिहरुले “नेपाली साहित्यिक मञ्च, फ्रान्स” गठन गरेका छन । हरिहर अर्यालको संयोजकत्वमा गठित सो मञ्चमा अनीश त्रिपाठी, अनुराधा पौडेल, बीरबहादुर खड्का, भानु न्यौपाने, राजु खप्तडी बस्नेत, राम पाण्डे, सुजन बानियाँ, सुजन राज भट्ट, सुधीर राना र हरि प्रासाद सापकोटा रहेको समितिका सदस्य सुधिर रानाले बताए ।

नेपाली साहित्य, कला सस्कृतिको संरक्षण र प्रचार-प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नकालागि मञ्च गठन गरिएको उनले बताए । मञ्चले नेपाल, युरोप लगायत अन्य देशहरुमा रहेका विभिन्न साहित्यिक संघ-संगठनहरुसंग सहकार्य, संगठित गर्दै आगामी दिनमा साहित्य प्रतिको लगाब र निष्ठालाई पस्कने चौतारी बनाउने मुख्य उदेश्य रहेको उनले जनाए ।

फ्रान्समा अन्य बिभिन्न संघ सस्था भएता पनि साहित्यिक सस्था नभएको कारणले गर्दा, फ्रान्समा बसोबास गर्ने साहित्य प्रेमी नेपालीहरुले २०१६/०१७ देखि नै साहित्यिक मञ्च स्थापना गर्ने जमर्को गरेता पनि हाल मात्र सस्थाले पूर्णता पाउन सफल भएको उनको भनाइ छ ।

साहित्यिक मञ्च स्थापाना भए पश्चात बिभिन्न बैठकहरुमा मूलत: फ्रान्समा रहेका नेपाली साहित्य र सृजनशीलताको बिकाश गर्ने उदेस्यले साहित्यप्रेमी एवं आपसमा भएका आ-आफ्ना सृजनाहरु किताबको रुपमा प्रकाशित गर्नुका साथै फ्रान्समा बस्ने नेपाली तथा नेपालीमूलका बालबच्चाहरुलाई नेपाली भाषा, साहित्य र सस्कृति चिनाउन एबं रुचि बढाउने किसिमका कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य पनि रहेको उनले बताए ।

उनका अनुसार नेपाल र फ्रान्सलाई चिनाउन बिबिध बिषय समाबेश गरेर बार्षिक स्मारिका प्रकाशन गर्ने र यो बर्ष फ्रान्स नेपाल दौत्य सम्बन्धको ७० औ बर्षको अवसर पारेर बिबिध बिषय समेटेर विशेषाङ्क स्वरुप स्मारिका समेत प्रकाशन गर्ने योजना रहेको छ ।