चट्याङ लागेर प्युठानमा एकजनाको मृत्यु

प्युठानमा बिहिबार राती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गौमुखि गाउँपालिका-५ बाङ्गेमाझका ३७ वर्षीय पशुपति आचार्यको गएराति आफ्नै घरमा सुतिरहेको वेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

प्युठानमा चट्याङ लागेर केही दिन पहिले मात्रै नौबहिनी गाउँपालिका वडा नं ५ डामृकी ६४ बर्षिय गोठी बुढाको मृत्यु भएको थियो ।