रोल्पाली सेवा समाज बाँके गठन

रोल्पा जिल्लाबाट बाँकेका विभिन्न ठाँउमा आई पेशा तथा व्यवसाय गरेर बसोबास गरिरहेका रोल्पालीहरुले शनिबार नेपालगन्जमा एक बृहत् भेला गरेका छन । जेष्ठ सदस्य चन्द्र बहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न उक्त भेलामा कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका, राप्ती सोनारी गाउँपालिका लगायतका विभिन्न स्थानका १५० जना बढीको उपस्थिति रहेको थियो ।

एकराज बुढाथोकीले संचालन गरेको सो भेलाले मित्रलाल घर्तीमगरको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिती गठन गरेको छ जस्को उपाध्यक्षमा बल बहादुर घर्तीमगर, सचिबमा सुर्य प्रकाश् घर्तीमगर, सहसचिबमा जुनु कुमारी पुन, कोषाध्यक्षमा माधबी शाह, सदस्यहरुमा क्रमश : मदन हमाल, आईतराम पुन, झक्कु प्रसाद डाङ्गी, जित बहादुर बुढामगर, सरिता बुढाथोकी, निम प्रसाद पुन, उर्मिला शाह, भुपेन्द्र घर्तीमगर रहेका छन । त्यसैगरी सल्लाहकारमा शसिराम अधिकारी, ओम प्रकाश पुन र मानबिर पुन रहेका छन ।

रोल्पा जिल्ला बाट बाकेमा आएका रोल्पालीहरुको हरेक दुख सुखमा हातेमालो गर्नुका साथै अन्य सेवामुलक सामाजिक कार्य गर्नका लागि सो समाज गठन गरिएको समाजका सचिब सुर्य प्रकाश घर्तीमगरले बताए ।