१ करोड लागतमा पार्टी प्यालेस संचालन

बाँकेको कोहलपुरमा सुविधासम्पन्न पार्टि प्यालेस संचालनमा आएको छ । कोहलपुर नगरपालिका–१२ स्थित रोहिणीखोलामा रक भ्याली रेष्टुरेन्ट पार्टी प्यालेस एण्ड लज संचालनमा आएको हो । शनिबार कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले पार्टि प्यालेसको उद्घाटन गरेका छन ।
करिब १ करोड लागतमा पार्टी प्यालेस सहितको लज संचालनमा ल्याएको होटल संचालक हिमाल खत्रीले जानकारी दिए । सेवाग्राहीहरुलाई शहरीया वातावरण, होहल्ला र प्रदुषणबाट राहत दिलाउने उद्धेश्यले एकान्त स्थानमा होटल संचालन गरिएको बताउँदै खत्रीले सभा सम्मेलन तथा कार्यक्रमकालागि ५ सय बढि अट्न सक्ने हलको समेत ब्यवस्था रहेको बताए ।

आकर्षक गार्डेन, कटेजका साथै होटलमै आराम गर्न चाहने ग्राहकहरुकालागि रात्रीकालीन सुविधा समेत रहेको रक भ्याली रेष्टुरेन्ट पार्टी प्यालेस एण्ड लजमा पार्किङ्गको समेत उचित व्यवस्था मिलाईएको छ ।