विप्लवलाई बुलेट छाडेर ब्यालेटको राजनितिमा आउन नेता नेपालको आग्रह

नेकपाका बरिष्ठ नेता माधब कुमार नेपालले नेकपा बिप्लप समुहलाई बुलेटको राजनिती छाडेर ब्यालेटको राजनितीमा आउन आग्रह गरेका छन । नेता नेपालले भुमिगत विप्लव समुहलाई बार्तामा आउन आग्रह गरेका हुन । शनिबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले विप्लव समुहलाई हतियारको बाटो छाड्न र चुनाबी मैदानमा आउन आह्वान गरे । राम्रो कार्ययोजनाका साथ जनतामाझ आउन नेता नेपालले सुझाव दिएका हुन ।
सिङ्गो देश नै कम्यूनिष्टमय भैरहेको बेलामा कम्यूनिष्टहरुबिचको आपसी लडाई राम्रो नभएको भन्दै नेता नेपालले विप्लवलाई शन्तिपुर्ण राजनितिमा आउन आग्रह गरेका हुन । ‘विप्लव समुह शान्ति प्रक्रियाको राजनितीमा आएको खण्डमा नेकपामा समाहित भई अगाडी बढ्ने बातावरण सिर्जना गर्न म तयार छु’ नेपालले भने ।

एक अलग प्रशंगमा बोल्दै नेता नेपालले सरकारले ल्याएको संचार विधेकले सरकार-पत्रकारबिच द्धन्द्ध निम्त्याएको बताए । सरकारले ल्याएको संचार बिधेकले धेरै विवाद सृजना गरेकाले अबका दिनमा विज्ञहरुसँगको छलफल र परामर्श पछि मात्र विधेक ल्याउनुपर्नेमा उनले जोड दिए । संचार विधेक संशोधन गर्न सकिने भएकाले त्यसतर्फ सरकार लचक हुन नेता नेपालले सुझाव दिएका छन ।