लोकसेवाले ८ हजार पदकालागि विज्ञापन खोल्ने

लोकसेवा आयोगले यहि जेठ १५ मा पहिलो चरण अन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाकालागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो ।

आयोगले स्थानीय तहकालागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो । आयोगले बिहीबार स्थानीय तहका पदको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गर्दै जेठको तेस्रो बुधबार खुलातर्फको पदपूर्तिको विज्ञापन आह्वान गरिने जानकारी दिएको छ ।

कार्यतालिका अनुसार चौथो, पाँचौं, छैटौं र नवौं तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिनेछ । आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार हाल खुला प्रतिस्पर्धाका आधारमा लिइने पदका लागि मात्रै विज्ञापन आह्वान गर्न लागिएको हो ।

आन्तरिक प्रतिस्पर्धाका लागि भने छिट्टै अर्को प्रक्रिया सुरु गर्ने आयोगको तयारी छ । खुला प्रतिस्पर्धाका लागि झन्डै ८ हजारको संख्यामा विज्ञापन आह्वान हुने आयोगको आँकलन छ ।

यस्तो छ कार्यतालिका ।