जेष्ठ ११ गतेदेखि बाँके स्कुल आईडल

बाँके स्कुल आईडलको दोस्रो संकरण संचालन हुने भएको छ । यहि जेष्ठ ११ गतेदेखि आईडलको छनौट अडिसन सुरु  हुँदैछ । मोफसलकै सबैभन्दा बढि पुरस्कार राशीको प्रतियोगिताका रुपमा दावी गरिएको बाँके स्कुल आईडलमा जिल्लाका सबै विद्यालयलाई सहभागी गराईने आयोजक मिडिया ल्याव प्रोडक्सन प्रा.लि.ले जनाएको छ ।
मिडिया ल्यावले पहिलो संकरणका रुपमा गत वर्ष बाँके स्कुल आईडल संचालन गरेको थियो । पाँच हप्तासम्म चल्ने अडिसनबाट छनौट भएका उत्कृष्ट टिमलाई मात्र प्रतियोगितामा सहभागी गराईने आयोजक मिडिया ल्याव प्रोडक्सनका अध्यक्ष भरत महतोले जानकारी दिए । नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टमा संचालन गरिने अडिसनमा सहभागी हुन चाहने विद्यालयहरुले ८ जनाको सामुहिक टिम सहित आवेदन दिनसक्ने व्यवस्था मिलाईएको महतोले बताए ।
बाँके डान्स आईडलमा प्रथम हुने टिमले १ लाख १ हजार, द्धितियले ७१ हजार र तृतिय टिमले ५१ हजार नगद पुरस्कारका साथै ट्रफी समेत प्राप्त गर्ने छन । त्यसैगरी यस वर्षदेखी उत्कृष्ट कोरियोग्राफरलाई समेत पुरस्कृत गरिने महतोले जानकारी दिए ।