कोहलपुरमा सवारी दुर्घटना : एकको मृत्यु, एक घाईते

कोहलपुरको साझा चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाईकल र ट्रयाक्टर आपसमा ठोक्किँदा मोटरसाईकल चालक कोहलपुर-८ का ६० बर्षीय खड्क बहादुर घर्ती मगरको मृत्यु भएको हो । मोटरसाईकलमा पछाडि बसेकी ५५ बर्षीया श्यामकला घर्ती भने गम्भीर घाईते भएकी हुन् ।

घाईते श्यामकलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार सम्भव नभएपछि चिकित्सकहरुले लखनउ रेफर गरेका छन् । उनलाई उपचारका लागि लखनउ लगिएको छ । दिउँसो करिब १२ बजे नेपालगन्जबाट कोहलपुर आउँदै गरेको भे १ त ६४६९ नं. को ट्रयाक्टर र कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे ४ प ७३२९ नं. को मोटरसाईकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।