बढैयाताल बनबाटिका पार्क निर्माण गरिने

बर्दिया जिल्लाको बढैयाताल गाँउपालिकामा बढैयाताल बनबाटिका पार्क निर्माण हुने भएको छ । सहरी बन तथा नगर बन उद्यान कार्यक्रम अन्र्तगत डिभिजन बन कार्यालय बर्दियाको १० लाख र बढैयाताल गाँउपालिकाको ६ लाख लागतमा पार्क निर्माण गरिने भएको हो । पार्ककालागि मानझुन्डी सामुदायिक उपभोक्ता समुहकोे १ लाख ४० हजार ४ सय ६ रकम समेत गरि जम्मा १६ लाख ४० हजार ४ सय ६ बजेट तर्जुमा गरिएको बढैयाताल गाँउपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले जानकारी दिए ।

मानझुन्डी सामुदायिक बनको खण्ड नं. १ गुलरिया नेपालगन्ज हुलाकी सडकको दक्षिणमा सो बनबाटिका पार्क निर्माण गर्नका लागि जेठ ७ गते बढैयाताल गाउपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगी, मानझुन्डी सामुदायिक बनका अध्यक्ष शेर बहादुर रावल र डिभिजन बन कार्यालय गुलरियाका डिभिजन बन अधिकृत हरिप्रताप श्रेष्ठ बिच त्रिपक्षिय सम्झौता भएको हो ।
१० हेक्टर क्षेत्रफलमा निर्माण गरिने पार्कभित्र बाल उद्यान, फूलफुलको बगैचा र पिकनिक स्थल जस्ता संरचना बनाइने मानझुन्डी सामुदायिक बनका कार्यालय प्रमुख पदम बहादुर बुढामगरले जानकारी दिए ।