नेवाः देय दबूको प्रथम नगर अधिवेशन सम्पन्न

नेवाः देय दबूको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । दिपेन्द्र कुमार जोशीलाई अध्यक्षमा निर्वाचित गर्दै पञ्थक नगर अधिवेशन सकिएको हो । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको प्रथम नगर अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापना समेत गरीएको हो ।

निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन कमिटीका संयोजक पूर्ण लाल चुकेले प्रमाण पत्र प्रदान गरेका थिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेवाः देय दबू बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नेवाः देय दबू बाँकेका सल्लाहकार संयोजक अशोक कर्माचार्य, सल्लाहकार ज्ञानेन्द्र श्रेष्ठ र नेवाः पुचः बाँकेकी अध्यक्ष नन्दा देवी श्रेष्ठले अविर र टिका लगाईदिएका थिए ।

अधिवेशनबाट नगर अध्यक्षमा दिपेन्द्र कुमार जोशी र सदस्यहरुमा रुपक श्रेष्ठ, विष्णु कक्षपति, स्वेता शाक्य, पुष्पा देवी श्रेष्ठ, विष्णु श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ र कृष्ण प्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । अन्य पदहरु र तीन जना सदस्यहरुको चयन भने कार्यसमितिको बैठकले चयन गर्ने जनाइएको छ ।

यसअघि जेष्ठ नागरिक राम रत्न श्रेष्ठको प्रमुख आतिथ्य र नेपाल वार एशोसियशनका केन्द्रीय उपाध्यक्ष सुनल श्रेष्ठको विशिष्ट आतिथ्य तथा नेवाः देय दबू बाँके जिल्ला कार्यसमितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा वि.सं. २०७६ को क्यालेण्डर विमोचन गरिएको थियो । पहिलो पटक प्रकाशित उक्त क्यालेण्डरमा नेपाल सम्वत्का महिनाहरु पनि समावेश गरिएको सल्लाहकार पूर्ण लाल चुकेले जानकारी दिए ।