संसदमै प्रयोग गरेको कण्डम भेटिएपछि…….

नेपाली संसदमापनि कहिलेकाही हंगामा हुने गरेको छ । कहिले कुर्सी तोड्ने, कहिले हानाहान गर्ने त विश्वका अधिकांश संसद हलमा भइरहेका कार्य हुन् । तर अति त तब भयो जब संसद भवनमै प्रयोग गरेको कण्डम भेटियो । यो घटना हो, बेलायतको । सन्डे टाइम्सका अनुसार बेलायती सांसदहरु संसदमा प्रयोग भएको कन्डम बोकेर आउने गरेको खुल्न आएको छ । यो खुलासा उक्त कार्यालयमा सरसफाईको काम गर्ने कामदारहरुले गरेका हुन ।

ब्रिटेन संसदमा साँससदहरुले प्रयोग गरिएको कन्डम बोकेर आउने गरेको सफाई कर्मचारीहरुले आरोप लगाए छ । संसदमा जथाभावि बान्ता गनुृकासाथै कन्डम फाल्ने गरेको सफाई कर्मचारीहरु बताउँछन । पश्चिमा देशहरुमा यौन सामान्य भएपनि संसद भवनभित्र यस्तो हुनुले देशको इज्जत र प्रतिष्ठामा भने आँच आँच आउने गर्दछ । सफाई कर्मचारीहरुले आरोप लगाएका छन् कि, बेलायतमा सांसदहरूले आफ्नो कार्यस्थल बर्बाद गर्दैछन्।

टाइम्स पत्रिकाको प्रतिवेदन अनुसार, सांसदहरूले उनीहरूको व्यवहारको कारण नयाँ कडा नियमहरूको सामना गर्न सक्छन्। कमन्स अधिकारीहरुले संसदको उचित प्रयोग गर्न एक सेवा सम्झौता गर्न खोजिरहेका छन । गार्जियनद्वारा जारी एक रिपोर्ट अनुसार सांसदहरुको यस्तो निच व्यवहार थाहा पाउँदा संसद छक्क थियो । बेलायती सँसदको गत वर्षको वेस्टमिनिस्टर सेक्स कान्ड पनि एकदमैं चर्चित कान्ड हो ।