प्रदेश युवा सम्मेलन बुधबारदेखि धनगढीमा शुरु

‘उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ बुधबारदेखि धनगढीमा प्रदेश युवा सम्मेलन २०१९ शुरु भएको छ । नेपाल युवा परिषदले पहिलो पटक सुदुरपश्चिम प्रदेशमा यो सम्मेलन आयोजना गरेको हो । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको युवा सम्मेलनको उद्घाटन सुदुरपस्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गरेका छन् ।

सम्मेलनको उद्घाट्न गर्दै मन्त्री सुबेदिले राष्ट्रको विकास र समाज परिवर्तनमा युवाको महत्वपूर्ण भुमिका हुुने हुदाँ युवाहरुलाई उद्यमशिलतामा जोड दिनु पर्ने बताए । सोही अवशरमा सुुदुरपश्चिमको पर्यटन प्रचारप्रसारको लागि नेपाल युवा परिषदले निर्माण गरेको भिजिटसुदुरपश्चिमडटकमको अफिसियल वेभसाईटको समेत औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

बिशेष अतिथी रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले युवा परिवर्तनका संवाहक हुन भन्दै युवाले विश्वकै मुहार फेर्ने अठोटका साथ लक्ष्य निर्धारण गरी अगाडी बढ्नु पर्ने बताए उनले सुदुरपश्चिम प्रदेश विभिन्न सम्भावना र अवसरले भरिएको प्रदेश भएकोले हरेक युवाहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए ।

नेपाल युवा परिषद सुदुरपश्चिम प्रदेशका बशन्ती सापकोटाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओड, बानिगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउँद, कोकाकाला नेपालका इरिना कार्की गुरुङ, अक्सफाम ट्रोसा परियोजना संयोजक समीरा शाक्य लगायको उपस्थिति रहेको थियो ।

दुई दिन सम्म चल्ने आवासीय सम्मेलनमा सहभागि युवाहरुलाई पर्यटन, सुचना प्रबिधि लगायत दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तन, भिजिट नेपाल २०२०, युवा उधमशिलता, नेतृत्व विकास, युथ मोटिभेसन लगायतको विषयमा प्रशिक्षण दिईने र सुदुरपश्चिम प्रदेशका युवाहरुले प्रदेश विकासका लागि कार्ययोजना बनाई प्रदेश सरकारको प्रमुखलार्ई बुझाउने कार्यक्रम रहेको आयोजक संस्थाका संस्थापक अध्यक्ष सरोज बानियाले बताए ।

सम्मेलनको पहिलो दिन उद्यमशिलताको विषयमा प्यानल छलफल गरिएको थियो । सो छलफलमा कैलाली उद्योग बाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझा, सामाजिक विकास मन्त्रालय युवा तथा खेलकूद महाशाखाका प्रमुख पदमराज जोशी, महिला उद्यमी रुकमणी देवकोटा र पर्यटन ब्यवसायी योगेन्द्र बम सहभागी रहेका थिए ।

युएनडिपी, धनगढीका प्रमुख बैजन्ती गिरी सिहले दिगो विकासका लक्ष्यहरुको बारे जानकारी गराए । त्यसैगरि अक्सफाम ट्रोसा परियोजना संयोजक समीरा शाक्यले पानी सुशासनमा युवाको भुमिका बारे जानकारी गराईन । नेपाल युवा परिषदका केन्द्रिय सदस्य किशोर न्यौपानैले जलवायु परिवर्तन बारे प्रशिक्षण गरेका थिए ।

सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाको विभिन्न समुदायको प्रनिधित्व हुने गरी २०० बढी युवाहरुको सहभागिता रहेको उद्घाटन कार्यक्रमको राधिका भट्टले संचालन गरेकी थिइन भने परिषदका केन्द्रिय सदस्य भिम बहादुर साउँदले स्वागत गरेका थिए ।