उषाले भनिन्, ‘वकिल साप माथी लगाएको आरोप झुठो हो ।’

नेपालगन्जका कानुन व्यवसायी अधिबक्ता बिकास आचार्यलाई जग्गा बिक्री गरेर आचार्य माथी नै झुक्याएर जग्गा पास गरेको आरोप लगाएकी डुडुवा गाउँपालिका वडा नम्बर २, नौरीगौढीकी उषा कुमारी बर्माले बुधबार नेपालगन्जमा पत्रकारहरु सङ्ग कुरा गर्दै अधिबक्ता बिकास आचार्यलाई आफुले मनखुशिले नै जग्गा बिक्री गरेको बताएकी छिन ।

‘वकिल सापको केही गल्ती छैन, मैले आफ्नै खुशी राजीले पुरै रकम लिएर उहाँलाई कानुन अनुसार जग्गा बेचेकी हुँ, हिसाब किताब सबै भइ सक्यो, केही पनि लेनदेन छैन ।’  बर्माले भनिन ।

अधिबक्ता बिकास आचार्य विरुद्ध गाउँका मान्छेको उक्साहटमा आएर आफुले बिना सित्तै, बिना कारण उनिमाथी झुठो आरोप लगाएको भन्दै उनले भनिन, ‘म त्यो बेलामा बिरामी थिएँ, गाउँका केही मान्छेले जबरजस्ती वकिल सापको विरुद्धमा यस्तो भन उस्तो भन भनेर मलाई भने, मैले अन्जानमा उहाँको विरुद्धमा बोलें, झुठो आरोप लगाएँ, त्यो मैले गल्ती गरें, उहाँको कुनै गल्ती र दोष छैन ।’

उनले अधिबक्ता आचार्य माथी झुठो आरोप लगाएको भन्दै आफुले ठूलो गल्ति गरेको बताईन । उषाले आफू माथी लगाएको आरोपको अधिबक्ता आचार्यले केही दिन पहिले नै नागरिकको संबैधानिक तथा कानुनी हक अनुसार देशको नियम कानुन अनुसार नै आफुले उनी सङ्ग जग्गा खरिद गरेको भन्दै एक प्रेस बिज्ञपति मार्फत त्यस्को खण्डन गरेका थिए ।