अतिक्रमित बस्ती व्यवस्थापन गर्दै वडा अध्यक्ष कार्की

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्की अहिले धमाधम वडा भित्र रहेको एक बिद्यालयको अतिक्रमित जग्गा व्यवस्थापनमा जुटेका छन । आफ्नो वडा भित्र रहेको राँझा स्थित आदर्श माविको जग्गा हडपेर बसेका सुकुम्बासीहरुलाई उनले यतिबेला व्यबस्थित गर्न लागेका हुन ।

राँँझा चोकमा रहेको बिद्यालयको भबन जुन बिमानस्थल बिस्तारका क्रममा अधिग्रहण क्षेत्रभित्र परेको छ ।

वडा नं. २० स्थित आदर्श माविले आफ्नो राँझा चोक स्थित रहेको ६ कठ्ठा जग्गामा हाल अध्यापन गराउदै आएकोमा नेपालगन्ज बिमानस्थलले आफ्नो सेवा बिस्तार गर्ने क्रममा त्यहाँको जग्गा अधिग्रहण गरेपछी बिद्यालयले राँझा चोक भन्दा पश्चिम गायत्री नगर गाउँमा रहेको आफ्नो अर्को जग्गाबाट अध्ययन अध्यापन शुरु गराउन लागेको हो । जहाँ हाल कक्षा ९ देखि १२ सम्मको अध्ययन अध्यापन हुँदै आएको छ ।

गायत्री नगर स्थित बिद्यालयको भबन जुन ठाउँमा अतिक्रमित बस्ती रहेको छ ।

त्यहीँबाट अब बिद्यालयले आफ्नो सम्पुर्ण कक्षाको पढाइ शुरु गराउने भएको हो । बिद्यालयको नाउँमा ३ बिघा १४ कठ्ठा १२ धुर जग्गा रहेको छ तर त्यो ठाँउमा सुकुम्बासीको नाममा अतिक्रमण गरेर बसेको एउटा बस्ती रहेको छ ।

अतिक्रमित बस्ति

वडा अध्यक्ष कार्कीका अनुसार बिद्यालयको खाली रहेको जग्गामा जनयुद्धकालमा तत्कालीन बिद्रोहि पक्षले सुकुम्बासी भन्दै मान्छे ल्याएर बस्ती बसाल्यो । हाल उक्त जग्गामा ८४ घरपरिवार बसोबास गर्दै आईरहेका छन । केही समय पहिला नेपालगन्ज उपमहानगरपालिकाले एक छानबिन समिती बनाई छानबिन गर्दा सो बस्तिमा बस्ने ४४ घरपरिवारलाई सुकुम्बासी प्रमाणित गर्‍यो । प्रमाणित भएका सुकुम्बासीको बस्ती व्यवस्थापनका लागि यतिबेला वडा अध्यक्ष कार्की जुटेका हुन ।

अर्को ठाउँमा व्यवस्था भएपछी आफ्ना संरचना भत्काउदै सुकुम्बासी

४४ घरपरिवारको बस्ती व्यवस्थापन गर्नका लागि वडाबाट हाल १५ लाख बजेट बिनियोजन गरेको अध्यक्ष कार्कीले बताए । बस्ती बसेको नजिकै उत्तरपट्टी रहेको नालाको किनारमा रहेको ऐलानी जग्गामा हाल उनिहरुको व्यवस्थापन गर्न लागिएको उनले जानकारी गराए ।

बन्दै गरेका नयाँ टहरा (संरचना)

बस्ती बसाल्न लागेको ठाउँमा हाल डोजरले सम्म्याइएको छ जहाँ धमाधम टहरा बन्ने क्रममा छन । वडा अध्यक्ष कार्कीका अनुसार नया बन्ने बस्तिमा ३ मिटरको सडक, पानी र बिद्युतको व्यवस्था समेत वडा कार्यालयले गर्नेछ ।

८४ परिवार मध्येका सुकुम्बासी प्रमाणित ४४ परिवार बाहेकका ४० परिवारलाइ बस्तिबाट उठ्न नमाने कानुन अनुसार कारवाही अगाडि बढाइने अध्यक्ष कार्कीले बताए ।