अबैध सालका गोलिया सहित ३ जना पक्राउ

कोहलपुर प्रहरीले अबैध सालका गोलिया सहित तिन गनापुरबाट नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार बिहान नेपालगंज उपमहानगरपालिका वडा नं. २० नयाँ बस्तीदेखि गनापुरतर्फ लैजादैं गरेको अवस्थामा प्रहरीको विशेष टोलीले अबैध सालको गोलिया सहित ४ वटा साईकल र साईकल धनिलाई नियन्त्रणमा लिईएको हो । पक्राउ पर्नेहरुमा जानकी गाउँपालिका वडा नं। ६ बस्ने ईस्लाम कपाली, कलौटी धपाली र राधेश्याम मुराउ रहेका छन । ९ थान बिभिन्न साईजका सालको गोलिया सहित पक्राउ परेका उनिहरुलाई आबश्यक कारवाहीकालागी सेक्टर बन कार्यालय कोहलपुर पठाईएको कोहलपुर प्रहरीले जनाएको छ ।