धनगढीमा प्रदेश स्तरीय युवा सम्मेलन हुदै

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदेश स्तरीय युवा सम्मेलन हुने भएको छ । युवा सम्मेलनका लागि सुदूरपश्चिमका ९ जिल्लाबाट दुई सय ४४ युवा धनगढी पुग्ने बताईएको छ । जेठ १ र २ गते हुने प्रदेश स्तरीय युवा सम्मेलनमा युवाहरुलाई युवा सशक्तीकरणका बारेमा प्रशिक्षण आयोजिक नेपाल युवा परिषदले जनाएको छ । नेपाल भ्रमण बर्ष २०२०, जलवायु परिवर्तन तथा युवा नेतृत्वका बारेमा परिषदले युवाहरुलाई प्रशिक्षण दिने नेपाल युवा परिषद सुदूरपश्चिम पदेश संयोजक बसन्ती सापकोटाले जानकारी दिईन् ।
१८ देखि ३० बर्ष उमेरका युवाहरुलाई धनगढीमा भेला गर्दै अन्य पहाडी जिल्लाहरुमा पनि संगठनको बिस्तारको तयारी रहेको परिषदका केन्द्रीय सदस्य भिमबहादुर साउँदले बताए । सुदूरपश्चिमका अछाम, दार्चुला र कैलालीमा मात्र संगठन बिस्तार गरिएको भएपनि भेलाबाट नौ वटै जिल्लामा शाखा विस्तार गरिने भएको छ । युवाहरुलाई नेतृत्व क्षमता विकासमा सहज होस भन्ने मुख्य उद्धेश्यका साथ प्रदेश स्तरीय युवा सम्मेलनको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । नेपाल युवा परिषदले सातै वटा प्रदेशमा प्रदेश स्तरीय युवा सम्मेलनको आयोजना गरि युवाहरुको नेतृत्व विकास, क्षमता विकास तथा उधमशिलतामा युवाहरुलाई अभिप्रेरित गर्नकालागि अभियान सन्चालन गरेको जानकारी दिईएको थियो ।