बालिका बलात्कारको आरोपमा खरेल पक्राउ

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका एक अभियुक्त कञ्चनपुरबाट पक्राउ परेका छन् ।

काठमाडौंका मोहनराज खरेललाई प्रहरीले कञ्चनपुरबाट सोमबार दिउँसो पक्राउ परेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको प्राविधिक सहयोगमा खरेललाई पक्राउ गरिएको हो । खरेलमाथि ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । उनी विगत केही समयदेखि फरार थिए ।
अनलाईनखबरबाट साभार