सुचना प्रबिधि पढ्ने विद्यार्थीका लागि निशुल्क तयारी कक्षा

भर्खरै कक्षा १२ को परिक्षा सक्किएको छ । कक्षा १२ उत्तीर्ण गरेपछी के पढ्ने कता जाने भनेर विद्यार्थीहरु अन्यौलमा पर्ने गरेका हुन्छन । यहि अन्यौललाई चिर्दै नेपालगन्जमा रहेको एउटा कलेजले केहिदिन अगाडि नेपालगन्जमा एउटा काउन्सिलिङ कार्यक्रम गर्‍यो ।

नेपालगन्जमा सन्चालित बिसिए र बिएस्सी सिएसआइटी अध्यापन गराउदै आईरहेको नेपालगन्ज कलेजको सपोर्टमा उडान नेपाल नामक एक संस्थाको संयोजनमा ‘युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास, हाम्रो उद्देश्य’ भन्दै १२ कक्षाको परिक्षा दिएर बसेका सयौ विद्यार्थी बिच career counselling and scope of information technology बिषयमा एक कार्यक्रम सम्पन्न गर्‍यो ।

नेपालगन्ज कलेजका डाइरेक्टर निशान्त शाक्यले १२ कक्षा पछि कता जाने, के गर्ने, कुन बिषय पढ्ने भन्ने विद्यार्थीहरुलाई अन्यौलता हुने भएकाले यस्ता काउन्सिलिङ्ग कार्यक्रमले विद्यार्थीलाई सहज हुने बताए । ‘अहिलेको जमाना सुचना र प्रबिधिको हो, अबको पुस्ता जमाना अनुसार अगाडि बढ्नु पर्छ ।’ उनले भने । सुचना र प्रबिधिको जमाना अनुसार आफ्नो कलेजले पनि विद्यार्थीहरुलाई सुचना प्रबिधीमा गुणात्मक शिक्षा प्रदान गरिरहेको उनको भनाई छ ।

कलेजमा बिएस्सी सिएसआईटी फ्याकेल्टीमा ३६ जना र बिसिएमा ३४ जनाको निस्चित सिट रहेको कलेजका अध्यक्ष विशाल शाक्यले बताए । उनले बिएस्सी सिएसआइटी अध्ययन गर्न चाहने विद्यार्थीको १२ कक्षा साईन्सबाट पास गरेको हुनुपर्ने र बिसिए अध्ययन गर्न चाहने विद्यार्थीको १२ कक्षा जुनसुकै बिषयबाट पनि पास गरेको हुनुपर्ने बताए ।

नेपालगन्ज कलेजले हाल स्नातक तहको ४ बर्षे बिसिए, बिएस्सी सिएसआइटीको अध्यापन गराउदै आएको छ । त्रिभुवन बिश्वबिद्यालयबाट मान्यता प्राप्त यस कलेजले ईच्छुक विद्यार्थीहरुका लागि आउदो जेठ ७ गते बाट प्रवेश तयारी कक्षा संचालन गर्न लागेको कलेजका प्रीन्सिपल वृजेश वैश्यले जानकारी गराए । उनका अनुसार फर्म रजिष्ट्रेसन गर्दा मात्र विद्यार्थीले १ हजार ५ सय रुपैयाँ तिर्नु पर्नेछ त्यसपछिको तयारी कक्षा निशुल्क हुनेछ । तयारी कक्षा तीन महिनाको हुने उनको भनाई छ ।