साम्राज्ञीको ट्याटु भयो भाईरल

पछिल्लो समयकी व्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फेरि एक पटक चर्चामा आएकी छिन् । चलचित्र ‘कायरा’ छायाङ्कनका क्रममा फिलिपिन्समा रहेकी साम्राज्ञीले छायाङ्कन स्थलबाटै एउटा नयाँ तस्वीर सार्वजनिक गरेकी छन्, जुन तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्वीर उनले वक्षस्थल नजिक ट्याटू बनाएको देख्न सकिन्छ ।
इन्स्टाग्राममार्फत सार्वजनिक गरिएको उक्त तस्वीर भाइरल बनेलगत्तै त्यहाँबाट डिलिट गरिएको छ । ट्याटूमा केही लेखेको देख्न सकिन्छ, तर के लेखिएको हो भन्ने तस्वीर हेरेर बुझ्न कठिन छ । आर्यन सिग्देलले निर्माण गरेको चलचित्र कायराका लागि उनले अहिलेसम्मकै महंगो पारिश्रमिक लिएकी छन् । चलचित्रमा साम्राज्ञी र आर्यनकै रोमान्स देख्न सकिने छ ।