सिकलसेल परिक्षणको ब्यवस्था मिलाउन माग गर्दै ज्ञापन पत्र

सिकलसेल एनिमिया रोग परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन मर्मतकालागि नागरिक समाज बाँकेले माग गरेको छ । आईतबार भेरी अस्पताल नेपालगन्ज पुगेका नागरिक समाजका अगुवाहरुले अथासिघ्र सिकलसेल एनिमिया रोग परिक्षण्न गर्ने मेसिन मर्मत गर्न दाववव दिदै अस्पताल प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन ।
भेरी अस्पतालमा रहेको सिकलसेल एनिमिया रोगको परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेसिन विगत ३ महिनादेखि बिग्रेपछि सेवाग्राहीहरु नियमित चेकजाँचबाट बन्चित हुँदै आएका छन । पश्चिम नेपालमै एक मात्र अस्पतालमा रहेको मेसिन बिग्रदा समेत त्यसको मर्मतमा लापरवाही देखिएको भन्दै नागरिक समाजका अगुवाहरुले तत्काल ब्यवस्थापन गर्नुपर्ने माग सहितको ज्ञापन पत्र बुझाएको अधिवक्ता केवल सिहं थारुले बताए ।
ज्ञापन पत्र बुझाउनेहरुमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता बिश्वजित तिवारी, अधिवक्ता केवलसिहं थारु, अधिवक्ता बल बहादुर चन्द, पत्रकार राकेश मिश्र, विश्वराज पछल्डङग्या, आईएचआरसीका लक्ष्मी तिवारी, रविन्द्र कुमार ज्ञवाली, कृष्णमुरारी प्रसाद भट्ट, सिमा हमाल, दिल बहादुर थारु र सुनिल चौधरी रहेका छन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कृष्णमुरारी प्रसाद भट्ट, लक्ष्मी तिवारी र अल्का मिश्रले सूचना मागे पछि सिकलसेल एनिमिया रोगको परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन विगत ३ महिनादेखि बिग्रेको समाचार बाहिर आएको थियो ।
ज्ञापन पत्र बुझ्दै भेरी अस्पतालका प्रमुख डाक्टर रुपानन्द अधिकारीले तुरुन्त सिकलसेल एनिमिया रोग परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन मर्मतको लागि काठमाण्डौं लैजाने तयारी भएको जानकारी दिए ।