मेरो बारेमा प्रकाशित समाचारहरु गलत र भ्रमपुर्ण हुन : अधिबक्ता आचार्य

नेपालगन्जका कानुन व्यवसायी अधिबक्ता बिकास आचार्यले शुक्रबार एक प्रेस बिज्ञप्ति जारी गर्दै आफ्नो बारेमा प्रकाशित समाचारहरुको खण्डन गर्दै गलत र भ्रमपुर्ण रहेको बताएका छन ।

‘नेपालगन्ज बाँकेबाट विभिन्न सन्चार माध्यमबाट विभिन्न मितिमा प्रकाशित भएको समाचारहरु प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उल्लेखित समाचार माध्यमहरुमा मनोगत रुपले “वरिष्ठ कानून व्यवसायी भनी बिकास आचार्यले झुक्काएर करोडौंको जग्गा आफ्नो नाउँमा पास पारित गरेको” उल्लेख गरि समाचार सत्य तथ्यमा आधारित नभई झुठ्ठा र भ्रमपुर्ण वास्तविक तथ्यलाई अतिरन्जित गरि कसैको उक्साहटमा लागि बिना आधार र प्रमाण प्रकाशित भएको समाचारहरु प्रती मेरो आपत्ती रहेकोले वास्तविक व्यहोरा यसै प्रेस बिज्ञप्तिद्वारा सबैको लागि जानकारी गराउन चाहन्छु ।’ – बिज्ञप्तिमा भनिएको छ ।

अधिबक्ता बिकास आचार्यद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा अगाडी भनिएको छ – ‘जग्गा खरिद बिक्री गर्न पाउनु आम नागरिकको संबैधानिक तथा कानूनी हक अधिकार हो । कानून बमोजिम पारित भएको लिखतलाई अतिरन्जित गरि मेरो पदिय जिम्मेवारी, व्यवसाय समेतमा धक्का पुग्ने गरि प्रकाशित समाचार प्रती बिश्वास नगर्न र भ्रममा नपर्न सबैमा अनुरोध गर्दै म आफ्नो पदिय जिम्मेवारी र पेशा प्रती सदैब जिम्मेवार र जबाफदेही भएर लाग्ने कुराको जानकारी गराउदै उल्लेखित समाचारहरु गलत र भ्रमपुर्ण रहेको व्यहोरा अबगत गराउछु ।’

यस्तो छ बिज्ञप्तिको पुर्ण पाठ ।