टुरिस्ट भिसामा विदेश गएर भीख माग्छन् भारतीयहरू

संयुक्त अरब इमिरेट्स (यूएई) को प्रहरीले मगन्तेहरूका विषयमा अनौठो खुलासा गरेको छ । दुबई प्रहरीले दाबी गरेअनुसार, रमजानको महिनामा एसियाली मुलुकका मानिस टुरिस्ट भिसामा आएर भिक्षा माग्छन् । हालै दुबई प्रहरीले यस्तै एक भिखारीलाई पक्राउ गरेको छ ।

रमजान शुरू हुनेबित्तिकै एसियाली देशका मानिस भिजिट भिसामा आएर भीख माग्छन् र राम्रो पैसा कमाएर फर्किन्छन् । ती एसियाली देशमा भारत, बंगलादेश र पाकिस्तानका भिखारी छन् । यस बेलामा दुबई र अबुधाबीमा भिखारीको संख्या अचानक बढ्छ । खलीज टाइम्स र गल्फ न्युजमा छापिएका खबरअनुसार, यस महिनामा २५० भन्दा बढी मगन्ते पक्राउ परिसकेका छन् । पक्राउ परेका मगन्तेबाट एक लाख दिरम बरामद गरिएको छ ।

रमजान चल्दै गर्दा गरीबहरूलाई सहायता गर्नु निकै पुण्यको काम मानिन्छ र यस पवित्र महिनामा मानिसहरूले गरीबहरूको सहायता खुलेर गर्ने गरेका छन् ।