यूरोपमा हिट नेपाली मोडल सारा श्रेष्ठ

यूरोपका नेपालीहरुमाँझ सारा श्रेष्ठले निकै चर्चित र सफल मोडलको परिचय बनाएकी छिन् । श्रेष्ठ हाल पोर्तुगल, नर्बे लगायत यूरोपका बिभिन देशहरूमा म्युजिक भिडियो र मोडलिङ शोहरुमा व्यस्त रहेकी छिन् ।
साराले सत्य-स्वरुपराजको स्वर रहेको गीत ‘हाम्रो नाता’, दार्जिलिङकी ललिताको स्वर रहेको ‘कहाँ गयो कता हरायो’, सूर्य दयालुको ‘रहेछौ यात्री’, सूर्य दयालु र मेलिना राईको स्वर रहेको गीत ‘आऊ गोरी’, बाबुराम शिलको ‘परेली फर्काई फर्काई’, सूर्य दयालुको ‘दुई किनार’ लगायत झण्डै १० वटा नेपाली गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।