बाँकेमा पत्रकार शुद्धिकरण अभियान संचालन गरिने ( भिडियो सहित )

पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले आफ्नो कार्यकालभित्र बाँकेमा पत्रकार शुद्धिकरण अभियान संचालन गर्ने प्रतिवद्धता जनाएका छन । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थारुले केही दिनभित्र शुद्धिकरण अभियान संचालन गरिने बताए । पछिल्लो समय बाँकेको पत्रकारीता क्षेत्रमा अरागजता मौलाउँदै गएको तर्फ ईगित गर्दै थारुले पत्रकारीताको नाममा जो-कोहीले पनि मनपरी गर्न नपाउने स्पष्ट पारे ।
पत्रकार महासंघ बाँकेको आयोजनामा भएको लोकतन्त्र र शान्तीकालागि मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले संचारजगत आफैमा बलियो हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा बोल्दै संचारिका समुह बाँकेकी अध्यक्ष अक्षरी पोखरेलले संचारगृह र संचारकर्मी दुबै बलियो नभएसम्म पूर्ण रुपमा प्रेस स्वतन्त्रता कायम हुन नसक्ने बताईन । राज्यले साना संचारमाध्यमलाई मारमा पार्नेगरी विभिन्न गतिविधिहरु संचालन गरिरहेको भन्दै समयमै त्यसतर्फ समेत रहन आग्रह समेत गरिन ।
प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले राज्यका हरेक परिवर्तनमा संचार क्षेत्रको भूमिका उल्लेखनिय रहेको दावी गरे । परिवर्तनको मोर्चामा सधैं नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका संचारकर्मीहरुलाई राज्यका नितिनिर्माताहरुले बेवास्ता गर्ने गरेको उनको कथन थियो ।
प्रेस युनियनका केन्द्रिय उपमहासचिव तथा पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष प्रेम के.सी. ले प्रेस जगतमाथी राज्यले अंकुश लगाउने क्रम बढ्दै गएको भन्दै आक्रोश ब्यक्त गरेका थिए । केसीले बाँकेको पत्रकारीता क्षेत्रमा पछिल्लो समय अराजकता मौलाउँदै गएकाले शुद्धिकरणको अभियान संचालन गर्न आग्रह समेत गरे ।