आफै हिड्छ ढुङ्गा, बैज्ञानिकहरु दङ्ग

क्यालिफोर्नियाको डेथ भ्यालीको एउटा घटनाले बैज्ञानिकहरुलाई हैरान बनाएको छ । उक्त स्थानमा रहेको ढुङ्गा आफै हिड्न थालेपछि बैज्ञानिकहरु नै दङ्ग परेका छन । उत्तरी अमेरिकाको सबैभन्दा गर्मी, सुख्खा र विचित्र स्थान डेथ भ्यालीको संरचना र तापक्रमले भू-वैज्ञानिकलाई सधैं अचम्मित पारिरहेको छ ।

जहाँका ढुङ्गालाई ‘सेलिंग स्टोन्स’ को नामले पनि परिचित गराइन्छ । यहाँको रेसट्र्याक क्षेत्रमा २३० किलोग्रामसम्मका ढुङ्गाहरुले आफ्नो स्थान परिवर्तन गरिरहेको देख्न सकिने बैज्ञानिकहरुले बताएका छन् ।

रेसट्र्याक प्लाया २.५ मिल उत्तरदेखि दक्षिण र १.२५ मील पूर्वबाट पश्चिमसम्म पूरै मैदान छ । तर यहाँ छरिएका पत्थर आफै सरिरहन्छन् । यहाँ यस्ता १५० भन्दा बढि पत्थर छन् । चिसो मौसममा यी ढुङ्गाहरु २५० मिटरभन्दा टाढासम्म सर्छन् । यद्यपी, कसैले यी ढुङ्गाहरुलाई आफ्नो आँखाले सरेको नै भने देखेको छैन ।