४ करोड लागतमा केराको नर्सरी संचालन

रोजगारीको शिलशिलामा बिदेशीले युवाहरुकालागि बाँके खजुराका देबेन्द्र अधिकारी उदाहरणीय पात्र बनेका छन । कृषि पेशालाई रोजगारीको माध्यम बनाएका अधिकारीले ठुलो लगानीमा बाँकेमै कृषि फर्म संचालन गर्दै आएका छन । बि.सं. २०७१ सालमा ३ लाख लागतबाट केरा खेती सुरु गरेका देबेन्द्र पौडेलले सोही क्षेत्रमा अहिले ४ करोड लगानी गरेका छन । बाँकेको खजुरामा केरा ब्याबसाय गर्दै आएका अधिकारिले अहिले कोहलपुर नगरपालिका वडा नं. ८ मा नर्सरी समेत संचालन गरेका छन । करिब ४ करोड लगानिमा संचालन गर्दै आएको उक्त नर्सरीमा टिस्यूकल्चर प्रबिधिबाट केराका बिरुवाहरु उत्पादन गर्ने गरिएको अधिकारिले जानकारी दिए । टिस्यूकल्चर प्रबिधीको ल्याब संचालन गर्न लागिएको र यसबाट बिभिन्न प्रकारका बिउहरु उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । नेपालमा टेक्निकल इनपुटका साथै बिषय बिज्ञहरुको अभाबका कारण समस्या खेप्नुपरेको  अधिकारिले बताए  ।

करिब १० कठ्ठा जमिनमा नर्सरी संचालन गर्दै आएका पौडेलले बर्दियाको बारबर्दिया नगरपालिकामा १५ बिगाह क्षेत्रमा मेवा, अम्बा, अंगुर, कागति लगाएतका बिरुवा लगाउने योजना रहेको बताए ।  अधिकारिले अहिले करिब १४ लाख हाराहारीमा बिउ उत्पादन गरिसकेका छन ।