९ औं खेलकुद प्रतियोगिता गण्डकीमा हुने

८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन गरिएको छ । गत बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताको बुधबार उपराष्ट्रपती नन्दकिशोर पुनले समापन गरेका हुन । बाँकेको नेपालगन्जलाई केन्द्र बनाएर संचालन गरिएको प्रतियोगितामा नेपाली सेना विजयी भएको छ । १ सय ३५ स्वर्ण, ७७ रजत र ६६ काँश्य पदक सहित सेना विजेता बन्न सफल भएको हो । यसैगरी दोश्रो स्थानमा रहेको एपिएफले ५१ स्वर्ण, ६५ रजत र ७० काश्य पदक प्राप्त गरेको छ । नेपाल पुलिस क्लबले ४९ स्वर्ण, ५५ रजत र ४४ काँश्य पदक प्राप्त गरेको छ ।

प्रदेश नम्बर ३ ले २२ स्वर्ण, २३ रजत र ३९ काशय पदक हात पारेको छ । गण्डकी प्रदेशले १२ स्वर्ण, २१ रजत र ४३ काश्य पदक, प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ काश्य पदक प्राप्त गरेको छ । प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ काशय पदक प्राप्त गरेको छ । यसैगरी सुदुरपश्चिम प्रदेशले ८ स्वर्ण, १२ रजत र ३४ काश्य, प्रदेश २ ले ६ स्वर्ण, ७ रजत र २० काश्य, एलआरएनएले ५ स्वर्ण १ रजत र ५ काश्य तथा कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत तथा १७ काश्यपदक प्राप्त गरेको छ । प्रतियोगितामा ३५ खेलमा पाँच हजार बढि खेलाडीले प्रतिस्प्रर्धा गरेका थिए ।
विजेता टिम तथा खेलाडीलाई कार्यबाहक राष्ट्रपति नन्दबहादुर पुन लगायतले बुधबार साँझ नेपालगञ्ज रंगशालामा ट्रफी प्रदान गरेका थिए । प्रतियोगिताको समापन गर्दै कार्यबाहक राष्ट्रपति पुनले खेलकुदको विकासका लागि पूर्वाधार विकास र विस्तारमा जोड दिए । नेपाली खेलाडीले सिमित श्रोत र साधनका बावजत पाएको सफलताको प्रशंसा गर्दै खेलकुद र खेलाडीको प्रोत्साहनका लागि सम्वद्ध निकायको ध्यानाकर्षण गराए ।

८ औं राष्ट्रिय खेलकुदको समापन समारोहमा ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा गण्डकी प्रदेशलाई हस्तान्तरण गरिएको छ । दुई बर्ष भित्र गण्डकी प्रदेशमा प्रतियोगिता आयोजना गर्ने निर्णय भए बमोजिम झण्डा प्रदान गरिएको हो ।