दानबहादुर फडेरा पुन: पक्राउ (भिडियो सहित)

सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भनिएका कोहलपुर नगरपालिका ११ दानबहादुर फडेरालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट नै पक्राउ गरेको छ । आइतबार अदालतबाट रिहा भए लगत्तै बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेलको निर्देशनमा अदालत परिसरबाट पक्राउ गर्ने प्रहरी योजनालाई विफल बनाउँदै फडेरा सुरक्षाको मागसहित राष्ट्रिय मानव अधिकार आयोगको नेपालगन्जस्थित प्रदेश शाखा कार्यालय पुगेका थिए । फडेरा वस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका थिए ।

आयोगको संरक्षणमा रहेका फडेरालाई बाँके प्रहरीले आईतबार रातीसम्मै आयोगको कार्यालय घेराउ गरेको थियो । अदालत परिसरमै पक्राउ गर्न लागेको खबर पाए लगत्तै आयोगको टोलीले अनुगमन गरेको आयोगका नेपालगन्ज शाखा प्रमुख चापागाईले बताए ।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुण पौडेलले प्रहरीले आफ्नो कर्तब्य पालना गरेको प्रतिक्रिया दिएका छन । अपराधिलाई समात्नु प्रहरीको पहिलो कर्तब्य रहेको बताउँदै प्रमुख पौडेलले नितिभन्दा बाहिर गएर प्रहरीले कुनै कार्य नगरेको दावी गरे ।

विस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका उनीलाई आजै राष्ट्रिय मानवअधिकार आयोगको सक्रियतामा जिल्ला प्रशासन कार्यालय लगाएर प्रशासनले परिवारको जिम्मा लगाए लगत्तै प्रहरीले टोलीले पक्राउ गरेको हो । आयोगको नेपालगन्ज शाखा कार्यालयको संरक्षणमा रहेका फडेरालाई जिल्ला प्रशासन मार्फत परिवारको जिम्मा लगाई सकुशल घर जाने क्रममा पक्राउ पुर्जीसहित प्रशासन परिसरमा रहेको प्रहरीले पुन पक्राउ गरेको थियो । आयोगको संरक्षणमा बसेका फडेरालाई परिवारको जिम्मा लगाई सकुशल घर पठाउन राष्ट्रिय मानवअधिकार आयोगले बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सोमबार पत्राचार गरेको थियो ।

चौतर्फि रुपमा मानव अधिकार आयोगकै विरोध भएपछि आयोगले फडेरालाई आज जिल्ला प्रशासन कार्यालय बाँकेमा पेश गरेको थियो । बसमा आगजनी गरेको काण्डमा फरार अभियुक्त फडेरालाई आज पुनः कोहलपुर प्रहरीले पक्राउ गरी कैलाली पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए । कैलाली जिल्ला अदालतबाट फडेरलाई आगजनी प्रकरणमा पक्राउ गरी पेश गर्न आदेश भए बमोजिम प्रहरीले पुनः पक्राउ गरी कैलाली पठाएको एसपी पौडेलले बताए ।