शरदको उत्कृष्ठ बलिङ  एपिएफ फाईनलमा प्रबेश

आठौ रास्ट्रीय खेलकुद अन्तर्गत पुरुष क्रिकेट तर्फ कोहलपुरमा आज सम्पन्न पहिलो सेमिफाइनलमा खेलमा प्रदेश न १ लाई ८ विकेटले पराजित गर्दै एपिएफ फाइनल प्रबेस गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं। १ ले निर्धारित २० ओभरको खेलमा १६।३ ओभरमा पुरै १० विकेट गुमाएर ४९ रन मात्र बनाउन सक्यो । जसमा मिनस थापा र सनि पुनले समान १४र१४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन । प्रदेश १ लाई सस्तैमा रोक्ने क्रममा एपिएफमा कप्तान शरद भेस्वाकरले ४ विकेट लिन सफल भए भने बसन्त रेग्मीले ३ विकेट लिए ।  

५० रनको झिनो लक्ष्य पाएर मैदान उत्रिएको एपिएफले १०।५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । जसका लागि शङ्कर रानाले २३ र प्रदिप ऐरीले १७ रन बनाउन सफल भए । प्रदेश न। १ का दिपेश कडेल र पुष्प थापाले समान १/१ विकेट हात पारे । उक्त खेलक प्येयरअफ द म्याच ४ विकेट लिएका एपिएफका शरद भेस्वाकर घोषीत भए । दोस्रो सेमीफाइनल खेल आजै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच दिनको २ बजे हुनेछ ।