नेपालगन्जको आकाशमा आतिशबाजी

नेपालगञ्ज रङ्गशालामा बिहीवार ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भब्य समारोहका बीचमा प्रतियोगिताको औपचारिक उद्घाटन गरिन ।
ओलम्पियक सुरेन्द्र हमालले ओलम्पीक टर्चबाट दिप प्रज्वलन गरेर आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई औपचारिकता प्रदान गरेका थिए । ओलम्पीक टर्चसहितको टोलीले रंगशाला परिक्रमा गरेपछि दिप प्रज्वलन गरिएको थियो । पहिलो पटक राष्ट्रिय प्रतियोगितामा आतिशबाजी समेत गरियो । दिप प्रज्वलन भएलगत्तै सुरु गरिएको आतिशबाजीले नेपालगन्जको आकाश रगिन बनाएको थियो । नेपाली खेल ईतिहासमै आठौंको उद्घाटन समारोहमा गरिएको आतिशबाजीलाई ऐतिहासिक मानिएको छ ।

उद्घाटन शत्रमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले स्वगत गरेका थिए भने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना मन्तब्य राखेका थिए । ७ प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र एनआरएन गरी कुल ११ टोलीका ५ हजार २ सय ११ खेलाडीले प्रतियोगितामा सहभागीता जनाएका छन । प्रतियोगिता अन्तर्गत बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा बिभिन्न विधाका खेलहरु भईरहेको छन । केही खेल काठमाडौं, ललितपुर र पोखरामा पनि संचालन गरिएको छ ।