७ बैशाख २०८१, शुक्रबार
विवादास्पद तपस्वी बम्जनद्वारा ३ आनी वेपत्ता, प्रहरीमा पर्यो उजुरी
  • काँचुली खबर

काठमाडौं– लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु वेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत रहेका छन् ।

आजको कान्तिपुर दैनिक लेख्छ– विजय रुम्बाले दिदी पूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
बाराको जंगलमा निराहार तपस्या गरेको भनि चर्चामा आएका बम्जनको बाराको हलखोरियास्थित आश्रममा आनी बन्न फूलमाया ०६८ सालदेखि गएको परिवारले जनाएकोछ । उनीसँगै अरु दुई आनी पनि वेपत्ता भएको समाचारमा उल्लेख छ ।

  • १२ पुष २०७५, बिहीबार ०७:२२ प्रकाशित
  • Nabintech