१२ बैशाख २०८१, बुधबार
राष्ट्रिय गौरवका विमानस्थल निर्माण सुस्त
  • काँचुली खबर

काठमाडौं- बढ्दो हवाई चाप थेग्न नयाँ अन्तर्राष्ट्रिय र क्षेत्रीय विमानस्थलहरू बढाउनुपर्ने निक्र्योलमा नागरिक उड्डयन प्राधिकरण वर्षौंअघि नै पुगे पनि काम भने गौतम बुद्ध विमानस्थलबाहेक अन्यत्र अघि बढ्न सकेको छैन । दुई दशकभन्दा अघिदेखि बनाउने भनिएको निजगढ विमानस्थल अहिले पनि अध्ययनकै विवादमा अल्झिएको छ भने २०३२ देखि बनाउन भनेर जग्गा अधिग्रहण गरिएको पोखरा विमानस्थलमा बल्ल काम सुरु भएको छ ।  संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ, गौतम बुद्ध र पोखरा विमानस्थल निर्माणका क्रममा देखिएका समस्या र काम अघि बढ्न नसक्नाका कारण यतिखेर अध्ययन गरिरहेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

  • ३१ आश्विन २०७५, बुधबार ०७:५९ प्रकाशित
  • Nabintech